काेहलपुर / काेहलपुर नगरपालिका वडा न १ मा जग्गा धनी लाल पुर्जा वितरण गर्न प्रधानमन्त्री केपी शर्मा ओली नआउने भएका छन ।
जिल्ला भूमि आयाेग बाँकेले यही २० गते काेहलपुर वडा न.१ का भूमिहिन दलित सुकुम्बासी लाई लाल पुर्जा वितरण गर्ने कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओली आउने जानकारी गराएता पनि निर्धारित कार्यक्रमका कारण जग्गा धनी लाल पुर्जा वितरणमा प्रधानमन्त्री सहभागिता नहुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
त्यसै गरि जग्गा धनी लाल पुर्जा वितरण गर्न प्रमुख अथितिका रूपमा भूमि सहकारी तथा गरिबी मन्त्री बलराम अधिकारी आउने भएका छन ।
२० गते काेहलपुर नगरपालिका वडा नं ११ स्थित भेरी शीत भणडारमा भूमिहिन दलित सुकुम्बासीहरूलाई जग्गा धनी लाल पुर्जा वितरण गर्ने कार्यक्रम रहेकाे छ ।