१२ श्रावण २०८२, आईतवार

कोहलपुरमा थारु बरघरसँग पूर्व मन्त्रीको अन्तरक्रिया
  • न्युज मानसराेवर

बाँके। बाँके क्षेत्र नं१ (ख) का सांसद तथा पूर्व बन मन्त्री दुर्गा प्रसाद चौधरीले कोहलपुर नगर स्तरीय बरघरहरुसँग अन्तरक्रिया गरेका छन।
आज कोहलपुर ११ मा  १९ वटा थारु गाउँका थारु अगुवा तथा बरघरहरुसँग पूर्व मन्त्री तथा सांसद दुर्गा प्रसाद चौधरीले अन्तरक्रिया गरेका हुन।

लुम्बिनी प्रदेश सरकारले बरघर ऐन निमार्ण गरिरहेको अवस्थामा बरघरको औचित्य र थारु समुदायको परम्परा ,संस्कृतिको संरक्षण हुने गरी बरघर ऐन आउनु पर्ने  सहभागि थारु बरघरहरुले बताएका छन।

अन्तरक्रियामा थारू समुदायको विकास र उत्थानका विषयमा समेत बरघरहरुले सांसद तथा पूर्व मन्त्री चौधरीसँग माग गरेका हुन।अन्तरक्रियामा बोल्दै पूर्व मन्त्री चौधरीले प्रदेश सरकारले सबै क्षेत्रका थारु समुदायको ले अपनत्व हुने गरी थारु समुदायको परम्परा संस्कृतिको संरक्षण हुने गरी कानून निमार्ण गर्न लागेको बताए ।उनले सबैको सह अस्तित्व र भूमि पुत्रका रुपमा रहेका थारु समुदायको संस्कृति र परम्परा लोभ हुन नदिन नयाँ पुस्तामा नैतिक शिक्षा र थारु समुदायको औचित्यबारे जानकारी गराउन पहल गर्न आवश्यक देखिएको समेत बताए ।

  • ११ श्रावण २०८२, शनिबार प्रकाशित

  • Nabintech