१ आश्विन २०८२, बुधबार

लुम्बिनी र कर्णालीमा भारी वर्षा, सबैभन्दा धेरै पूर्वी नवलपरासीमा
  • न्युज मानसराेवर

बाँके\गएराति लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा पूर्वीनवलपरासी (नवलपुर) को देउरालीमा भएको छ । त्यसपछि धेरै वर्षा सुर्खेतको गोठीकाँडामा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार विगत १२ घण्टाको अवधिमा देउराली नवल केन्द्रमा  १०९.६ मिलिमिटर वर्षा भएको छ । यसैगरी सुर्खेतको गोठीकाँडा केन्द्रमा १०१.४ मिलिमिटर वर्षा मापन भएको छ । सुर्खेतकै जम्मुमा ६२.४ मिलिमिटर वर्षा भएको छ ।

यस्तै पाल्पाको अर्चलेमा ७८.२, कैलालीमा ६६.२, अर्घाखाँचीमा ५०.४ र चितवनको गोविन्दबस्तीमा ५५.८ मिलिमिटर वर्षा मापन भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । तर अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले नेपालमा पानी परिरहेको छ ।

आज पनि देशभर साधारणतया बदली हुने र कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मध्यम वर्षा हुने पूर्वानुमान छ ।

  • १ आश्विन २०८२, बुधबार प्रकाशित

  • Nabintech