काठमाडौँ/प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको तयारीमा जुट्न राजनीतिक दलसहितका सबै पक्षलाई आग्रह गरेकी छिन् ।बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले सबै पक्षलाई यस्तो आग्रह गरेकी हुन् । सरकारको प्राथमिकता नै आगामी फागुन २१ गते चुनाव गर्नु रहेको भन्दै उनले यस्तो आह्वान गरेकी हुन् ।
‘स्वतन्त्र, भयरहित, निष्पक्ष, निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल नागरिक समाज, सञ्चार जगत तथा सम्बद्ध सबैलाई सक्रियतासाथ लाग्न आह्वान गर्दछु,’ उनले भनेकी छिन् ।
जेनजीको आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्की गत भदौ २७ प्रधानमन्त्री बनेकी थिइन् । जेजनीको माग अनुसार विदेशमा रहेका मतदातालाई मतदानको व्यवस्था गर्नेबारे पनि छलफल भइरहेको उनले जानकारी दिइन् ।