१८ मंसिर २०८२, बुधबार

भोली बाँकेका आठ वटै स्थानीय तह केन्द्रित जनभेला गर्दै एमाले
  • न्युज मानसराेवर

बाँके।\नेकपा एमालले भोली देशभरका पालिका तथा नगरहरुमा युवा संवाद तथा जनभेला कार्यक्रम गर्ने भएको छ ।

नेकपा एमालले जनतामाझ आफ्ना धारणा प्रस्तुत गर्नाका लागि जनभेलाको आयोजना गर्न लागिएको नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकालले बताए । उनले बाँकेमा ८ वटै स्थानीय तह स्तरमा युवा संवाद तथा जनभेलाको आयोजना हुन लागेको उल्लेख गरे । जनभेलामा सहभागिता जनाउन ढकालले सार्वजनिक रुपमा आह्वन समेत गरेका छन।कात्तिक  २२ गते बाँकेमा ८१ वटै वडाहरुमा युवा संवाद तथा जनभेलाको आयोजना गरेका छौँ। अब पालिका स्तरीय, नगर स्तरीय युवा संवाद तथा जनभेला गर्न लागिएको ढकालले बताए ।

ढकालले नेकपा एमालेको १० औँ केन्द्रिय पूर्ण बैठकले गरेका निर्णयहरुको पूर्ण पालन गर्दै देशभरी युवा संवाद तथा जनभेला गर्न लागिएको समेत ढकालले जानकारी गराए । नेकपा एमाले कोहलपुर नगर कमिटीले कोहलपुर चौराह देखी मोटरसाईकल गाडी सहित र्याली मार्फत कोहलपुर वडा नं.७ मा जनभेला तथा कोण सभाको आयोजना गरिएको बताए । उनले नेकपा एमाले जनताप्रति जवाफदेही छ । संविधान विपरित गठन सरकारको भण्डाफोर संविधान अनुसार विघटन गरिएको संसद पूर्णस्थापना प्रमुख माग सहित जनभेला गर्न लागिएको जानकारी गराएका छन।

त्यसै गरी नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्उ तथा बेजना गाउँपालिका इन्चार्ज मान बहादुर रुचालले जसरी देशमा दल विहिन बनाउन खोजिएको छ त्यस विरुद्ध नेकपा एमालले शक्ति प्रर्दशन गर्न लागेको बताए ।उनले पालिका स्तरीका सबै वडा टोल बाट र्याली सहित संझना बजारमा कोण सभा गरिने उल्लेख गरे । उनले राष्ट्रियता के हो ? भन्ने विषय थाह नभएका अपराधिक समुहहरुले देशभरी गरेको विखण्डन विरुद्धको आवजका रुपमा जनभेला र जनताको साथमा नेकपा एमाले सधै रहने सन्देश सहित जनभेलाको आयोजना भब्य रुपमा गर्न लागिएको रुचालले बताए ।

  • २४ कार्तिक २०८२, आईतवार प्रकाशित

  • Nabintech