१८ मंसिर २०८२, बुधबार

प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

आज एथलेटिक्स तर्फ ८० जना खेलागि छनोट

  • न्युज मानसराेवर

बाँके\निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोहलपुरको आयोजनामा आज तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्राडा विनोदप्रसाद ढकालले तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन  गरेका हुन । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले खेलका माध्यममा बाट बालबालिकाहरुको बौद्धिक विकासमा सकारात्म विचारहरुको प्रभाव पर्ने बताए ।

ढकालले प्याब्सन कोहलपुलाई धन्यवाद व्यक्त गर्दै प्रतियोगिताका सबै सहभागि विद्यार्थीहरुलाई शुभकामना समेत व्यक्त गरे।त्यसै गरी ढकालले लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेमा स्थापना हुनु भनेको यहाँको शैक्षिक रुपान्तरणमा थप टेवा पुगेको बताए ।उनले लुम्बिनी कर्णाली र विशेष गरी सुदुरपश्चिम प्रदेशका बालबालिकाहरुले यसको प्रत्यक्ष रुपमा लाभ लिन सक्ने धारणा समेत व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका परीक्षा नियन्त्रक जेन्टिल गौतम, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर कार्यालयका प्रमुख लक्ष्मीप्रसाद अधिकारी, कोहलपुर नगरपालिका वडा नम्बर ११ की अध्यक्ष कल्पना शर्मा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक इश्वरी विक  लगायतले प्रतियोगिताको शुभकामना व्यक्त गरेको थिए ।

त्यसै गरी प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले रनिङ शिल्ड खेलकुद प्रतियोगिता केवल प्रतियोगिता मात्र नभएर महत्वसका रुपमा हरिएको औल्याए। केसीले प्याब्सन प्रतियोगितामा सामेल उत्कृष्ट खेलाडिहरुले जिल्ला मात्र नभएर राष्टिय तथा अन्तरराष्टिय खेलाडिहरु उत्पादन गरेको दावि समेत गरे । उनले प्रतियोगिता संचालन गर्नाका लागि सहयोग गर्ने सबैमा धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रम उद्घाटनको पूर्व सन्धामा साविक पिपलचौतार बाट प्रभातफेरी समेत निकालिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्याब्सन कोहलपुरका उपाध्यक्ष शमिर घती मगरले गरेका थिए भने कार्यक्रमको संचालन प्याब्सन कोहलपुरका सचिव मित्रलाल वलीले संचालन गरेका थिए । प्रतियोगितामा प्याब्सन कोहलपुरमा आवद्ध २८ वटा विद्यालयहरुको सहभागिता रहेको छ ।

त्यसै गरी आज एथलेटिक्स तर्फ छात्रा छात्र गरी कूल ८० जना हिटसमा छनोट भएकोे खेलका फिल्ड मार्सल दिनेश सिग्देलले जानकारी गराए । फिल्ड मार्सल सिक्देलका अनुसार माध्यमिक तर्फ चार सय मिटर दौड छात्रा छात्रको हिटस सम्पन्न गरिएको छ भने एक सय मिटर माध्यमिक तर्फको छात्रा छात्रको हिटस त्यसै गरी एक सय मिटर, आधारभूत तह छात्रा छात्र चार सय मिटर र एक सय मिटर कक्षा २ र ३ को छात्रा छात्रको हिटस सम्पन्न भएको जानकारी गराए ।

 

  • १८ मंसिर २०८२, बुधबार प्रकाशित

  • Nabintech