कोहलपुर \कोहलपुरमा जारी कोहलपुर महोत्सवमा ज्योती मगरको क्रेज देखिएको छ । आज महोत्सवमा ज्योती मगर सहितका कलाकार आउने भएपछि बिहानैदेखी बृद्धदेखी युवा उमेर समुहका दर्शकहरु महोत्सव परिसरमा पुगिसकेका थिए । अबेर साँझ मात्रै स्टेजमा उल्किएकी ज्योतीलाई हेर्न उनिहरु दिनभर कुरेर बसेका थिए ।
ज्योतीले आफ्नै अन्दाजमा प्रस्तुती दिएकी थिईन । उनको प्रस्तुतीमा सिंगो कोहलपुर झुमेको थियो । त्यसअघि चर्चित गायक रामजी खाँडले पनि आफ्नो दमदार प्रस्तुती दिएका थिए । झण्डैं डेढ घण्टासम्म मञ्चमा बिताएका खाँडले आफ्ना चर्चित आधा दर्जन बढि गित गाएका थिए । त्यसैगरी राधिका हमालले समेत दर्शकको उल्लेख्य साथ पाएकी थिईन । साँस्कृतीक कार्यक्रममको सुरुमै प्रस्तुती दिन मञ्चमा उक्लिएकी हमालले पनि आधा दर्जन बढि गित गाएकी थिईन ।

महोत्सवको सातौं दिन कोहलपुरकै चेली गायीका रेश्मा पुन मगर र मोडल अञ्जली अधिकारीले समेत कोहलपुर तताएका थिए । राष्ट्रियस्तरमै ख्याती कमाएका कलाकारहरुलाई आफ्नै अगाडी देख्खपाउँदा दर्शकहरु मन्त्रमुग्ध देखिएका थिए । चिसो मौसमका बाबजुद महोत्सवस्थलमा हजारौँ दर्शकको उल्लेखनीय उपस्थिति देखिएको थियो । कलाकारहरूको जीवन्त प्रस्तुतीले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको आयोजकले जनाएको छ ।
छनौट भएका छ टिममध्ये उत्कृष्ट तिन टिमलाई प्रथम, द्धितिय र तृतिय घोषणा गरीने कला, सस्मृती तथा आतिथी सत्कार उपसमितिका सह–संयोजक देबीलाल सुनारले जानकारी दिए । सुनारका अनुसार प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगर पुरस्कार पाउनेछन ।
यहि पुष ९ गतेदेखी संचालन भएको महोत्सव १८ गतेसम्म संचालन हुनेछ । महोत्सवस्थलमा बालउद्यान, थारु गाउँ, व्यवसायिक स्टल तथा विभिन्न प्रदर्शनी कक्षहरू आकर्षणका केन्द्र बनेका छन् । महोत्सवमा यस वर्ष नयाँ प्रयोगका रूपमा हरेक दिन बिहान “टक शो” कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ ।
कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई लक्ष्य गर्दै आयोजना गरिएको कोहलपुर महोत्सव–२०८२ मा भोली पनि दर्शकको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।
भोली आउने कलाकारहरू
महोत्सवको आठौं दिन बुधबार चर्चित गायक प्रकाश सपुत, कला लम्साल र भगवती खनालको विशेष प्रस्तुति रहनेछ । स्थानीय कलाकारहरूको प्रस्तुति पनि समावेश गरिने आयोजक समितिले जनाएको छ ।










