१७ बैशाख २०८३, बिहीबार

विपी काग्रेसले बाँके क्षेत्र नं.३मा तोक्यो रेग्मीलाई उम्मेदवार
  • न्युज मानसराेवर

बाँके \आगामी फागुन २१ गते हुने निर्वाचन लक्षित गतिविधिमा विपी कांग्रेसले आफ्ना उम्मेदवार चुनावी मैदानमा उतारेको छ।बाँके क्षेत्र नं.३ बाट सुर्य प्रसाद रेग्मीलाई चुनावी मैदानमा उतारेको विपी काग्रेस जिल्ला सभापति बल बहादुर वलीले जानकारी गराए ।

बाँके जिल्लाका अन्य २ निर्वाचन क्षेत्रमा समेत उम्मेदवारी रहने बताउदै वलीले त्यसका लागि उम्मेदवार छनोट प्रक्रियामा रहेको समेत जानकारी गराए। चुनावी प्रचार प्रसार अभियानमा सहभागि रेग्मी आउँदो निर्वाचनमा लोकतन्त्रको रक्षा र विपिको विचारलाई समाज रुपान्तरण गर्नाका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन।रेग्मीले नेपालमा भदौ २३ र २४ गतेको घटनालाई प्रायोजित  दावि गरेका छन।

उनले नेपालको संविधानले हरेक नागरिकका अधिकारहरुलाई प्रत्याभूत गरेको बताउदै जेनजीका नाममा २०७२ को संविधान मास्न खोजिएको आरोप समेत लगाए। विदेशीहरुले आफ्नो स्वाथ्थ अनुरुप संचालन गर्नाका लागि जेनजीको आवरणमा आन्दोलन गरिएको उल्लेख समेत गरे ।
रेग्मी बाँके क्षेत्र नं.३ स्थित बैजनाथ गाउँपालिका वडा नं.४ का स्थानीय हुन।उनी लामो समय नेपाली काग्रेसको राजनितिक गरेका व्यक्ति समेत हुन। रेग्मीले २०७९ भदौ ५ गते विपि काग्रेसमा आवद्ध भएका थिए। हाल सुर्य प्रसाद रेग्मी विपि काग्रेसको केन्द्रिय कार्य सम्पाद समिति सदस्य छन ।

  • १७ पुष २०८२, बिहीबार प्रकाशित

  • Nabintech