बाँके\ लुम्बिनी प्रदेश सभाको बैठक माघ १३ गते बस्ने भएको छ ।लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुन मगरले शनिबार एक सूचना जारी गर्दै प्रदेश सभाको बैठक माघ १३ गते मंगलबार बस्ने उल्लेख गरेका छन् ।लुम्बिनी प्रदेश सभाको नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम उक्त दिन बैठक बस्ने सूचनामा उल्लेख गरिएको छ ।लुम्बिनी प्रदेशसभाको बैठक लामो समयपछि बस्न थालेको हो । यसअघि सातौँ अधिवेशन मंसिर ८ गते एक दिन मात्रै बसेर स्थगित गरिएको थियो ।













