रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही २ का उम्मेदवार सुलभ खरेलले आफ्नाे सचिवालयका व्यक्तिहरूमाथि अज्ञात समूहले निर्घात कुटपिट गरेकाे बताएका छन् । आफू बसेकाे हाेटलमै आक्रमण भएकाे उनकाे भनाइ छ ।
सुलभसहितकाे टिम मतदानकाे अघिल्लाे रात बुटवलको नमोबुद्द होटलमा बसेकाे थियाे । साे हाेटलमा रास्वपाले आर्थिक चलखेल गरेकाे भन्दै स्थानीय केही व्यक्तिहरू प्रवेश गरेपछि झडपकाे स्थिति उत्पन्न भएकाे प्रहरीले जनाएकाे छ।
उम्मेदवार खरेलसहित नेता चित्रबहादुर कार्की र शुनिल शाहीलाई हाेटेलमा भेटेपछि ती व्यक्तिले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुसन्धान भैरहेको बताएको छ । विवादका क्रममा झडप हुँदा चित्रबहादुर कार्की र सुनिल शाही सामान्य घाइते भएका छन् ।
‘झडप भएको विषयमा अनुसनधान भइरहेको छ, उम्मेदारमाथि आक्रमण भएकाे छैन, प्रहरीले अनुसन्धान गर्दैछ’ जिल्ला प्रहरी रुपन्देहीका डिएसपी कृष्णकुमार चन्दले भने ।खरेलले अज्ञात समूहले सचिवालयका केही साथीहरुलाई कुटपिट गरेको जनाएका छन् । ‘
अज्ञात समूहद्वारा म बसेको होटेलमा आई मेरो सचिवालयका केही साथीहरूलाई निर्घात कुटपिट भएको छ। हाल आएर केही व्यक्ती पहिचान भैसकेको छ। प्रहरीले आफ्नो काम सुरु गरिसकेको जानकारी गराउँदछु। भोलिको मतपरिणामले सबैको उत्तर दिनेछ,’ उनले भनेका छन् ।











