३१ जेष्ठ २०८३, आईतवार

बाँके– –१ र ३ मा रास्वपा विजयी
  • न्युज मानसराेवर

बाँके\बाँके–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनले ३२ हजार ७९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत शरोजनिधि वाग्लेले जानकारी दिए ।

चौधरीको प्रतिस्पर्धी कांग्रेसका नारायण गौडेलले आधाभन्दा कम १५ हजार ३०१ मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा (एमाले) का सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत वाग्लेले बताएका छन् ।

त्यसै गरी  प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनार विजयी भएका छन् । उनले एमालेका उम्मेदवार सुमन मल्ललाई पराजित गरेका हुन् ।सुनारले २९ हजार ५ सय ५१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मल्लले १९ हजार ६ सय १५ मत ल्याए । त्यस्तै नेपाली काग्रेसका अमरसिंह पुनले १३ हजार २ सय १५ मत प्राप्त गरे ।

  • २३ फाल्गुन २०८२, शनिबार प्रकाशित

  • Nabintech