३१ जेष्ठ २०८३, आईतवार

एमालेका उम्मेदवार ढकालद्धारा मतदाताप्रति आभार व्यक्त
  • न्युज मानसराेवर

बाँके\ प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं १ बाट उम्मेदवार बनेका नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालले निर्वाचन परिणाम सार्वजनिक भएपछि मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा  जनताको सेवामा समर्पित भइरहने बताएका छन।

आज   पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनमा आफू र आफ्नो पार्टीलाई विश्वास गरी मतदान गर्ने तथा आफ्ना आस्था अनुसार अन्य चुनाव चिह्नमा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति सम्मान व्यक्त गरेका छन्। उनले चुनावी अभियानमा अहोरात्र खटिने पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद दिँदै निर्वाचन सम्पन्न गराउन योगदान गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी तथा राजनीतिक दलहरूलाई पनि आभार व्यक्त हुन।

नेपालमा कम्युनिष्ट एकता अपरीहार्य रहेको धारणा राख्दै पुर्व साँसद ढकालले नेकपा एमालेको नेतृत्वमा बामपन्थी एकताको अभियान संचालन हुने बताए । नेपालमा समाजवादी बिचारको नेतृत्व गर्दै नेकपा एमाले कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा आउने उनले दावी समेत गरे ।

नेपालमा छरीएर रहेका कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गराउन नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहल सुरु गरीरहेको दाबी गर्दै ढाकालले कम्युनिष्ट पार्टी एक हुने कुरा लोकतान्त्र, राष्ट्रियता र मुलुककालागी उपलब्धी मुलक हुने उल्लेख गरे।

निर्वाचन परिणामबाट निराश नहुन पार्टीका सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्दै राजनीति लामो यात्राको प्रक्रिया भएकाले उतार–चढाव स्वाभाविक रहेको उनको भनाई छ । कठिन परिस्थितिमा पनि निष्ठा र संकल्प कमजोर नहुने उल्लेख गर्दै उनले जनताको सेवामा अझ सशक्त रूपमा समर्पित हुन कार्यकर्तालाई अपिल गरेका छन्।

निर्वाचन प्रणालीअनुसार सबैभन्दा बढी मत प्राप्त गरी विजयी भएका बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सुरेश कुमार चौधरीलाई उनले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। ढकालले बाँके क्षेत्र नं. १ मा बजेट परे पनि अधुरा रहेका विभिन्न विकास योजनाहरू सम्पन्न गर्न विजयी प्रतिनिधिलाई आग्रह गर्दै त्यसमा   आफ्नो र आफ्नो पार्टीको सहयोग रहने समेत बताए ।

उनले सामाजिक संजालमा एमाले नेतृत्व माथी लगाइएका आरोपहरुको सम्पूर्ण छानविन गर्न समेत आग्रह गरे । जनतालाई भ्रममा पार्न नहुने बताउदै दोषि देखिएको खण्डमा कानूनी दायरामा जो कोही आउनु पर्ने समेत बताए ।

  • १ चैत्र २०८२, आईतवार प्रकाशित

  • Nabintech