बाँके\नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध बाँकेमा पनि प्रदर्शन गरेको छ। बाँके स्थित नेपालगञ्जमा एमाले कार्यकर्ताहरू ओलीको रिहाइको माग गर्दै सडकमा निस्किएका हुन् । कार्यकर्ताहरू गृहमन्त्री सुधन गुरुङको पुत्ला जलाएका छन।
नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकालले सरकारले देशलाई थप द्धन्दतर्फ उन्मुख गरेको बताए । ढकालले तत्काल पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइ गर्न समेत माग गरेका छन। ढकालले ओलीको नभएको खण्डमा थप शशक्त रुपमा आन्दोलनका कार्यक्रमहरु गरिने चेतावनी समेत दिएका छन।











