१६ चैत्र २०८२, सोमबार

भदौ २४ को घटना छानबिन उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय
  • न्युज मानसराेवर

बाँके\सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको घटनाको सत्यतथ्य छानबिनका लागि एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मा यसबारे उल्लेख गरिएको हो । सरकारको निर्णयमा भनिएको छ, ‘सम्वत् २०८२ भाद्र २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने ।

उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने ।’

 गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई सिफारिस गरेअनुसार मन्त्रिपरिषद्ले समिति गठनको निर्णय गरेको हो ।

  • १४ चैत्र २०८२, शनिबार प्रकाशित

  • Nabintech