१६ जेष्ठ २०८३, शनिबार

राप्ती तटबन्धको स्थलगत निरीक्षण
  • न्युज मानसराेवर

बाँके\बाँकेको राप्ती सोनारी गाउँपालिका–७, फत्तेपुरस्थित खल्लाझगडियामा निर्माणाधीन स्थायी तटबन्धको बाँकेका प्रमुख जिल्ला अधिकारीसहित उच्च अधिकारीहरूको टोलीले स्थलगत निरीक्षण गरेको छ।

जनताको तटबन्ध आयोजना कार्यालय, लमहीका उच्च अधिकारी, प्राविधिक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीलगायतको टोलीले तटबन्ध निर्माणस्थलको निरीक्षण गरेको जनताको तटबन्ध आयोजना कार्यालय, लमहीका प्रमुख निश्चल छतकुलीले जानकारी गराएका छन।

  • १६ जेष्ठ २०८३, शनिबार प्रकाशित

  • Nabintech