बाँके\बाँके जिल्लाका आठ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि सात अर्ब १२ करोड ४८ लाख चार हजार रुपियाँको बजेट पारित गरेका छन् । बजेटको आकार हेर्दा सबैभन्दा ठुलो बजेट नेपालगन्ज उपमहानगरपालिकाको रहेको छ भने गाउँपालिकामध्ये राप्तीसोनारी गाउँपालिका अगाडि देखिएको छ ।








