बाँके\बाँकेको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपियाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहाबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहा नाकामा नियमित जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको पैडल रिक्सा (साइकल रिक्सा) बाट उक्त रकम बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी हेडक्वार्टर बाँकेले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी हेडक्वार्टर बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको रिक्सामा राखिएको सामानको बोरा खानतलासी गर्दा पाँच लाख भारतीय रुपियाँ फेला परेको हो।










