बाँके बैजनाथ । बाँकेका दुई अस्पतालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने चारै जना बाँकेका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका–१९ का ५१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । यस्तै खजुरा गाउँपालिका–१ की ६५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१ की ७० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका–४ की ३५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख १४ गते पीसीआर गरिएकी उनलाई २४ गते अस्पताल भर्ना गरिएको थियो ।
बाँकेमा हालसम्म कोरोनाबाट १९१ जनाको मृत्यु भएको छ ।