१८ बैशाख २०८१, मंगलवार

बाँकेमा प्रदेश राजधानी देउखुरी भएकोमा खुसीयाली, दीप प्रज्वलन

बाँकेको बैजनाथ गाउँपालिकामा सविधान सभा सदस्य तथा पूर्व सिचाइ राज्य मन्त्री दल बहादुर दल बहादुर सुनार लगाएत नेकपा तथा नेपाली काग्रेसका नेता कार्यकताहरुले खुसियाली स्वरुप दिप प्रज्वलन गरेका थिए ।

  • रबि रोकाया

बाँके ,बैजनाथ । प्रदेश सभाले प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी क्षेत्रलाई बनाउने निर्णय गरेसँगै जिल्लामा खुसीयाली छाएको छ । विभिन्न स्थानमा बाजागाजासहित नाचगान गर्नुका साथै दीप प्रज्वलन गरी प्रदेश राजधानीको स्वागत गरिएको छ ।

बाँकेको बैजनाथ गाउँपालिकामा सविधान सभा सदस्य तथा पूर्व सिचाइ राज्य मन्त्री दल बहादुर दल बहादुर सुनार लगाएत नेकपा तथा नेपाली काग्रेसका नेता कार्यकताले खुसियाली स्वरुप दिप प्रज्वलन गरेका थिए । भने कोहलपुर चौराहमा समेत खुसियालीमा दिप प्रज्वलन गरिएको छ । दिप प्रज्वलनमा नेपालको झन्डा सहित उपस्थित सभाले सबै माननीयहरु प्रति हार्दिक आभार प्रकट गरेको थियो ।  स्थानीय जनप्रतिनिधि बैजनाथ गाउँपालिका उपाध्यक्ष सारदा रेग्मी विक ,युवा संघ प्रतिनिधि तथा नेकपा पार्टीका संयोजक चन्द्र थारु लगाएत टोलिले दिप प्रज्वलनमा  सहभागिता  जनाएका थिए । । यसै गरी बाँके लगाएतका विभिन्न जिल्लाहरुमा प्रदेश सभाले प्रदेश ५ को स्थायी राजधानी घोषणाको समर्थनमा चोक चोकमा दिप प्रज्वलन गरिएको न्यूज मानसरोवरलाई समाचार प्राप्त भएका
छन् ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिले घोराहीमा बाजागाजासहित प्रदर्शन गरेको छ । प्रदेशको भावना समेटेर सबैको पायक पर्ने स्थानमा राजधानी स्थापना भएको समितिका संयोजक एवं दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी गराएका छन् ।

समन्यायीक विकास, जनमतको कदर, संघीयताको मर्म र भावनाअनुसार राजधानी तोकिएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए ।राजधानीको निर्णय कार्यान्वयन, जग्गा व्यवस्थापन र संरचना निर्माणका लागि गाउापालिका पूर्णरुपमा तयारी अवस्थामा रहेको देउखुरीको राप्ती गाउपालिका अध्यक्ष नुमानन्द सुवेदीले भनेका छन् ।  ‘यो निर्णयले हामी सबैलाई उत्साहित बनाएको छ ।

हामी आवश्यक जग्गा र संरचनाको व्यवस्थापन गर्न तयार छौं,’ उनले भने, ‘यो निर्णयले प्रदेशलाई न्याय भएको छ । प्रदेशको केन्द्रमा राजधानी बनेको छ ।’बबई गाउँपालिकामा पनि प्रदेश राजधानी देउखुरी र नाम लुम्बिनी प्रदेश राखिएको खुशियालीमा दीप प्रज्वलन गरिएको छ ।

गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, उपाध्यक्ष सावित्रा बिक लगायत स्थानीयको सहभागितामा प्रदेशको नक्सा बनाई दिप प्रज्वलन गरिएको थियो । यो निर्णयले सबैको भावनालाई आत्मसाथ गरेको अध्यक्ष पौडेलले बताए । गढवा गाउँपालिका अध्यक्ष सहजराज यादवले पनि देउखुरीलाई राजधानी बनाउने निर्णयले सबैलाई खुसी बनाएको बताए ।

  • २० आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech