बाँके बैजनाथ । उचित मात्रामा, उचित समयमा खाइने खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरुबेला फाइदाजनक भएपनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको नकारात्मक असर
पर्छ । त्यसैले स्वस्थ्य जीवनशैली अपनाउन चाहनेले जान्नैपर्छ, खाली पेटमा खान नहुने खानेकुरा के–के हुन् भनेर ।
सोडा
सोडा खाली पेटमा सेवन गर्नु हुँदैन । किनभने यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । यदि तपाईले यसलाई खाली पेटमा पिउनु भयो भने नराम्रो असर गर्छ ।
गोलभेडा
गोलभेडा स्वादिलो हुन्छ र स्वस्थ्यकर पनि । यसलाई अचार बनाएर खान सकिन्छ, तरकारीमा मिसाउन सकिन्छ । सलादकै रुपमा पनि प्रयोग गर्दा हुन्छ । तर, गुणकारी गोलभेडा खाली पेटमा भने सेवन गर्नु हुँदैन । यसमा एसिड पाइन्छ, जसले खाली पेटमा रासायनिक क्रिया हुन्छ । यसले पेटमा अघुलनशिल जेल निर्माण गर्छ । यो जेल पेटमा स्टोन बन्ने कारण बन्न सक्छ ।
मदिरा
त्यसो त मदिराले स्वास्थ्यमा नराम्रो असर पु¥याउँछ । तर, खाली पेटमा यसको असर अझ बढी हानिकारक हुन्छ । खाली पेटमा मदिरा सेवन गर्दा त्यसको नकारात्मक प्रभाव शरीरमा पर्छ र अनेकौ रोगको जन्म दिन्छ ।
मसलेदार
कहिलेपनि खाली पेटमा मसलेदार खानेकुरा सेवन गर्नु हुँदैन । त्यस्ता खानेकुराले पाचन यन्त्रमा गंभिर असर पु¥याउन सक्छ ।
कफी
गर्मीमा भन्दा पनि जाडोमा कफीको लत बढी लाग्छ । अन्य समयमा कफी पिउनु खासै नराम्रो मानिदैन । यद्यपी खाली पेटमा भने कफी सेवन गर्नु हानिकारक हुन्छ ।
दही
दही स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । यसले पाचन क्रियामा पनि राम्रो असर गर्छ । तर, खाली पेटमा दही सेवन गर्दा त्यसले उल्टो असर गर्छ ।
केरा
केरा खानु राम्रो हो । तर, खाली पेटमा केरा सेवन गर्दा नराम्रो असर गर्छ । यसले शरीरमा म्यागनेशियम बढ्छ, जसले गर्दा क्याल्सियम र म्याग्नेसियको सन्तुलन बिग्रिन्छ ।