१८ बैशाख २०८१, मंगलवार

आज देशभरको मौसम सफा रहने
  • न्युज मानसराेवर

बाँके बैजनाथ । आज देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशमा पश्चिमी, पूर्वी र स्थानीय वायुको सामान्य प्रभाव रहेकाले केही पहाडी भू–भागहरुमा आंशिक बदली हुनेछ भने अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ।प्रदेश–१, २ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech