कोहलपुर।कोहपुर नगरपालिकामा डेक नेपाल गैर सरकारी संस्थाले अति बिपन्न अपाङ्गता भयका परिवारलाई राहत वितरण गरेको छ ।
कोहलपुर नगरपालिकाको समन्वयनमा डेक नेपालले राहत वितरण गरेको कोहलपुर नगरपालिकाले जनाएको छ ।
राहतमा प्रति परिवार २५के.जी चामल ,३के.जी दाल,२ के.जी तेल,२ के.जी नुन रहेको कोहलपुर नगर नगरपालिकाका नगर प्रमुखका स्वकीय सचिव हेम कुमार रावतले जानकारी दिए ।
कार्यक्रममा आर्थिक विकास समिति संयोजक डिल बहादुर परियार संस्थाका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।