एजेन्सी। भारतीय क्रिकेटर हरभजन सिंह अब चलचित्रमा अभिनय गर्ने भएका छन्। उनले आज आफ्नो जन्मदिनको अवसरमा सामाजिक सञ्जाल मार्फत चलचित्र‘फ्रेन्डसीप’मा अभिनय गर्ने जानकारी सार्वजनिक गरेका हुन्। सिंहले यस भन्दा पहिले चलचित्रहरुमा गेस्ट अपेरिन्सको रुपमा देखिएको भारतीय सञ्चारमाध्ययमहरुले बताएका छन्। भारतीय मिडियाका अनुसार यसै वर्ष सार्वजनिक हुने यो चलचित्र हिन्दी, तेलगु र तमेलमा एकैपटक प्रदर्शन हुनेछ।