कोहलपुर।बाँकेमा आजदेखि ५ गतेसम्म नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आइतबारदेखि भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।
सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो खोप दिन लागिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालयले जारी गरेको सूचना अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने यही साउन १० देखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिइनेछ।