२६ जेष्ठ २०८२, आईतवार

एमाले १० बुँदे सहमति कार्यान्वयनको बाटोमा, पार्टीको १०औं केन्द्रीय कमिटी बैठक जारी
  • न्युज मानसराेवर

काठमाडौं- नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक सुरु भएको छ। एमाले विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझावका आधारमा एमालेले केन्द्रीय कमिटीकाे १०औं बैठक बोलाएको हो।

दसबुँदे सहमतिपछि बस्न लागेको एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक हो। बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा बसेको छ। यसअघि केन्द्रीय कमिटी बैठक आह्वान गर्दा १४औं बैठक भनेर खबर भएको थियो। यसबीचको घटनाक्रम र कार्यदलको दसबुँदे सहमतिअनुसार १०औं बैंठक बोलाइएको बताइएको छ।

एमाले र माओवादी एकतापहिले २०७५ जेठ ३ गते एमालेको ९औं केन्द्रीय कमिटी बैठक बसेको थियो। फागुन २३ को फैसलाले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइसकेपछि आज पहिलो पटक १०औं बैठक बसेको हो।

यसअगाडि पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक भन्दै चार बैठक बोलाइसकेका थिए। तर, असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने भन्दै एमालेले कार्यदलको सुझावका आधारमा आज १०औं बैठक बोलाएको छ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ। आजको बैठकमा प्रधानामन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने सांसदलाई कारबाही गर्ने विषयमा समेत छलफल हुने एमाले स्रोतले जानकारी दिएको छ। बैठकमा माधवकुमार नेपाल पक्ष सहभागी छैन।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech