७ मंसिर २०८१, शुक्रबार

नेकपा एमालेको केन्द्रिय पर्यटन विकास समितिमा बाँकेका कृष्णलाल चौधरी
  • न्युज मानसराेवर

बैजनाथ बाँके।बाँकेको बैजनाथ गाउँपालिका वडा नं.१ का कृष्णलाल चौधरी नेकपा एमालेको भातृय संगठन पर्यटन पवद्र्धन विकास समितिमा केन्द्रिय सदस्यमा मनोनय गरिएका छन। कृष्णलाल चौधरी नेकपा एमाले बाँकेका पर्यटन पवद्र्धन विकास समितिका अध्यक्ष समेत हुन ।नेकपा एमालेको केन्द्रिय स्यायी समितिको बैठकले पर्यटन पवद्र्धन विकास समितिलाई पूर्णता दिएको हो । नेकपा एमालेको पर्यटन विकास समितिको अध्यक्षमा पूर्व मन्त्री भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्य कमिटीको घोषणा नेकपा एमालेको स्थायी कमिटी बैठकले गरेको हो। समितिमा पर्यटन व्यवसायीहरु सदस्य रहेका छन ।

चौधरी को हुन् ? 
पत्रकारिता क्षेत्रबाट  उदाएका चौधरी बाँकेका एक सफल पत्रकार हुन् ।  साथै बाँकेमा होम स्टे व्यवसायिक सञ्चालन गर्ने पहिलो व्यक्ति हुन् । उनको पहलमा बाँकेको बैजनाथ गाउँपालिका वडा न १ मा होम स्टे (पाउना घर ) खोलि  आन्तरिक तथा बाहिरिय  पर्यटनको गन्तव्य बनाउन एक सफल व्यक्तिका रुपमा परिचित व्यक्ति हुन् ।

चौधरीले लुम्बीनी प्रदेश बाट पर्यटन क्षेत्रमा योगदान गरे बापत सम्मान समेत पाएका छन’ भने होम स्टे एशोशिएन  नेपालको केन्द्रिय सचिव समेत हुन् ।यसै गरी चौधरी आन्तरिक पर्यटन बोर्ड पुनस्थापना समित लुम्बिनी प्रदेशको सदस्य समेत हुन् । हाल गाभर क्षेत्र लुम्बिनी प्रदेशकै पहिलो साइकिल ट्रेल समेत सञ्चालन गरिएको छ । चोधरी न्यूज मानसरोबर डट कमका पर्यटन सम्पादक समेत हुन् ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech