८ मंसिर २०८१, शनिबार

धार्मिक तथा सांस्कृतिक महत्वको फुल अपराजिता
  • न्युज मानसराेवर

बाँके बैजनाथ।धार्मिक तथा साँस्कृतिक महत्वकाे अपराजिता एक सुन्दर फुल का रुपमा परिचित छ । मानिसहरुको जीवनमा फुलको महत्व कति छ भन्ने कुराको व्याख्या गर्न पनि सकिदैन।यसको मुख्य कारण मानिसको जीवन र फुल विचको अन्तर संम्बन्ध धार्मिक छ ।पौराणिक ग्रन्थ मा फुलको जन्म र फुलका औचित्य बारे विभिन्न अभिलेखहरु पाउन सकिन्छ ।

अपराजिता, गोकर्णी वा विष्णुक्रान्ता बहुवर्षीय पोथ्रा वर्गमा पर्ने फूल फूल्ने औषधीय गुण भएको वनस्पति हो । यसमा नीलो तथा सेतो गाईका कान आकारका फूल लाग्ने गर्दछ । नीलो फुल्नेमा एकोहोरो पात हुन्छ भने सेतो फुल्नेमा दोहोरो पात हुन्छ । अपराजितामा केराउको जस्तै कोसामा मुसुरोको दाल जस्तै काला गेडा लाग्ने गर्दछ ।

अपराजितालाई आयुर्वेदमा शीतल, त्रिदोषनाशक, शीतवीर्य, बुद्धिदायक, विरेचक, मुत्रनिस्सारक, कृमीनाशक, विषनिवारक, नेत्ररोगमा हितकारी, क्षयरोगजन्य गन्थीहरूमा गुणकारी, पेट सुन्निनेमा लाभकारीको रूपमा वर्णन गरिएको छ।अपराजिताको बोटको सबै भागहरू उतिकै गुणकारी भएको मानिन्छन। यसले अण्डवृद्धि, गलगाँड, गाँठा(गिर्खा, जन्डिस, गर्भपात, जलोदर तथा पुरानो खोकीमा लाभ पुर्याउँछ । उपचारका लागि सर्वाङ्ग वा बीउको धूलो एक चम्चा खाना खानुअघि मनतातो पानीसँग खान सकिन्छ। ताजा तथा सुकेको टुक्रा चुस्न पनि सकिन्छ । तस्विरः कृष्णलाल चौधरी

  • २३ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech