२ माघ २०८१, बुधबार

बाँकेमा रोगथाम,पहिचान ,शिक्षा र रुपान्तरण परियोजना संचालन हुर्दै
  • न्युज मानसराेवर

बैजनाथ बाँके। बाँकेका ५ स्थानीय तहहरुमा रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना संचालन हुने भएको छ । बैजनाथ गाउँपालिकामा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठकमा जानकारी गराइएको हो ।

मुख्य रुपमा बालबालिका महिला का क्षेत्रमा परियोजनाले काम गर्ने बताइएको छ ।आयोजनाको कूल लागत ७७ लाख १३ हजार ५ सय ६ रुयैयाको खर्च गरिने परियोजनाका तर्फ बाट महेश नेपालीले जानकारी गराए।

परियोजना बाँकेको बैजनाथ गाउँपालिका ,नेपालगंज उपमहानगरपालिका ,खजुरा गाँउपालिका कोहलपुर नगरपालिकामा संचालन गरिने छ । परियोजनालाई बाँके युनेस्को क्लबले संचालन गर्ने छ ।

परियोजनाले मुख्य रुपमा बाल कोष स्थापनामा सहयोग गर्ने मनव बेचबिखन, कोभिड र अन्य कारणले प्रभाबित र जोखिममा रहेका बालबालिकाहरुलाई आपतकालिन सहयोग गर्ने ,बिद्यालय तथा वडाहरुमा बाल श्रोत केन्द्रको स्थापना गर्ने जस्ता गतिविधिहरु रहेका छन।

कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले गैर सरकारी संस्थाहरु र स्थानीय सरकार विचको समन्वयमा नीतिगत कार्यक्रममा संचालन गर्न तयार रहेको बताए ।

अध्यक्ष रुचालले महिला तथा बालबालिकाहरुमा गरिबी वा बढी महत्वकाक्षा कारण बेचविखनमा पर्ने गरेको बताए । उनले अहिले त शिक्षिक महिला र बालबालिकाहरु नै बढी बेचविखनमा पर्ने समस्या धेरै रहेको औल्याए । रुचालले कागजजात मिलाएर नै बैधानिक दृष्टि तर अवैधानिक तरिकाले वेचविखनका गतिविधिहरु समयमै सच्याउन सबैले पहल गर्नु पर्ने धारणा राखे ।

यसै गरी  बालमैत्री र सहभागितात्मक बिधी मार्फत बालबालिकाहरुको बेचबिखनको रोकथाम गर्न, बालबालिकाहरुको सेवा सम्म पहुच पुरयाउन र पुनः एकिकरणमा सहयोग गर्नका लागी समुदायमा सामाजिक सुरक्षा संजालहरु र संयन्त्रहरु सुदृढीकरण गरिने बताइएको छ ।  बालबालिकाहरुको बेचबिखनलाई सम्बोधन गर्न, पिडीतहरुको सुरक्षित उद्धार, पुर्नस्थापना र पुर्नमिलन गर्न बताइएको छ ।

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech