२ माघ २०८१, बुधबार

बाल विवाह रोकथाम परियोजनाको कार्यशाला गोष्ठि बैजनाथमा सम्पन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाल विवाह रोकथाम परियोजना अन्तगत कार्य शाला गोष्ठि बैजनाथ मा सम्पन गरेको छ ।  स्वास्थ्य क्षेत्रमा किशोरी मैत्री वातावरण सृजना गर्नका लागि रणनितिक कार्यओजना सम्बन्धी कार्यशाला गोष्ठिको आयोजना गरिएको थियो ।

बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले समाजिक रुपान्तरण गर्नाका लागि वाल विवाह न्यूनिकरण गर्नाका लागि किसोर किसोरीहरुको क्षमता अभिबृद्धि गराई उमेर समुह  पार गराउनु पर्ने बताए । रुचालले स्वास्थ्य केन्द्रमा आवद्ध कर्मचारीहरुले मुस्कन सहितको  सेवा दिन आवश्यक रहेको बताए । उनले स्वास्थ्य केन्द्र बाल मैत्री ,समुदाय मैत्री बनाउन कर्मचारीहरुको जिम्मेवारी रहेकोऔल्याए । अध्यक्ष रुचालले बैजनाथ गाउँपालिकाका सबै वडाहरु बाल विवाह मुक्त घोषणा अभियानमा रहेको बताउदै सबैको क्रियाशिलता सहभागिता आवश्यक रहेका बताएका छन ।

कार्यक्रमा सामाजिक विकास समिति सदस्य धिरेन्द्र सिह ठकुरीले सबै भन्दा पहिला नैतिक रुपान्तरण आवश्यक रहेका बताए । उनले वाल मैत्री वातावरण समाज निमार्ण गर्नाका लागि समाजिक विकास समितले आवश्यक स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरिएको गोष्ठिमा जानकारी गराए ।

बैजनाथ किसोरी क्लवकी अध्यक्ष अनु रावतले वाल बालिका का क्षेत्रमा स्वास्थ्यकर्मीहरुलाई वाल बाविलका लाई मनोपरामर्श सेवा उपलब्ध गराउन महिला स्वास्थ्यकर्मी कर्मचारी राख्नु पर्ने धारणा राखिन । यसै गरी बाल क्लब का कोषाअध्यक्ष विवेक शर्माले वाल मत्री समुदाय निमार्ण गर्नाका लागि सबै भन्दा पनि अभिभावक शिक्षा दिन आवश्यक रहेको बताए । शर्माले समग्रमा बैजनाथ गाउँपालिका स्वास्थ्य शाखामा आवद्ध कर्मचारीहरुले वाल बालिका हरुलाई मनोपरामर्श सेवा सगै उनीहरुको भावना अनुसार सेवा विस्तार गर्ना आवश्यक रहेको बताए ।
प्लान नेपाल को आर्थिक सहयोग तथा स्याक नेपालको आयोजनामा उक्त कार्यशाला गोष्ठिको आयोजना गरिएको थियो ।कार्यक्रममा जनप्रतिनिधि ,बैजनाथ स्वास्थ्य शाखाका प्रमुख लक्षमन राज शाही बैजनाथ वडा न १ देखी ८ सम्मका स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech