८ बैशाख २०८१, शनिबार

आठबीसकोटमा जीप दुर्घटना हुँदा ६ जना घाइते

जीप सडकभन्दा झण्डै ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

  • न्युज मानसराेवर

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आइतबार बिहान १२ नम्बर वडाको ठूलीबार्खुदेखि ९ नम्बर वडाको राडीतर्फ गइरहेको ग १ ज ६०४७ नम्बरको जीप दुर्घटना हुँदा एकै परिवारका ३ जनासहित ६ जना घाइते भएका हुन् । दुर्घटनामा परी १२ नम्बर वडाका ३४ वर्षीय गंगे कामी, उनका ६ वर्षीय छोरा सर्जन र ३ वर्षीया छोरी लक्ष्मी घाइते भएका छन् । यसैगरी सोही वडाका १४ वर्षीय शैलेन्द्र नेपाली, १४ वर्षीय राजकुमार कामी र १२ वर्षीय मणिराम नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेहरुको नगर अस्पतालमा उपचार भइरहेको छ । जीप सडकभन्दा झण्डै ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

  • २ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech