११ बैशाख २०८१, मंगलवार

बैजनाथ कृषि शाखाले वितरण गर्यो उन्नत गहुँ

बैजनाथ १ देखी ८ वडाका कृषकहरु लाई अनुदान स्वरुप सर्व सुलभ मुल्यमा गहुँ उपलब्ध गराउन लागेको हो ।

  • चादनी थापा

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिकाले कृषकहरुलाई गहुँको विउ अनुदानमा उपलब्ध गराएको छ ।
बैजनाथ कृषि शाखाले प्रति केजी ३५ रुपैयामा वाणगंगा उन्नत जातको गँहु उपलब्ध गराएको बैजनाथ कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले मानसरोवरलाई जानकारी गराए ।

बैजनाथ कृषि शाखाले १०३ क्यून्टल २० के.जी हाल बैजनाथ १ देखी ८ वडाका कृषकहरु लाई अनुदान स्वरुप सर्व सुलभ मुल्यमा गहुँ उपलब्ध गराएको हो ।   कृषि शाखाले वडा न १ देखी ६ न वडा लाई १३ क्यून्टल २० केजी का दरले विउ उपलब्ध गराएको छ भने वडा न ७ मा १० क्यून्टल र वडा न ८ मा १४ क्यून्टल उपलब्ध गराईएको विश्वकर्माले भने ।  शाखाले प्रति केजी ५० प्रतिशत छुटमा कृर्षकहरुलाई अनुदान उपलब्ध गराएको हो । वितरण गरिएका्े बाणगंगा गहुँको बजार मुल्य ७० प्रति केजी रहेको छ ।

वितरण विधि भने स्थानीय समुदायका ४ जना परिवारले वडा कार्यालयमा निवेदन दिए पश्चात वडाको सिफारिसमा उत्त गहुँको विउ उपलब्ध गराइएको छ ।

  • ५ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech