१४ बैशाख २०८१, शुक्रबार

१ अर्ब २५ करोड बराबरको दशै लक्षित खसी बोका कारोबार

तिहार सम्ममा आन्तरीक तथा बाह्य  गरी  करिब ६० हजार खसी बोकाको कारोबार सामाजिक उद्यमी सहकारीहरु बाट गर्ने लक्ष्य

  • आर.के छिनाल

बाँके बैजनाथ  ।  हेफर इन्टरनेश्नल नेपालले सामाजिक उद्यमी सहकारी मार्फत १ अर्ब २५करोड बराबरको दशै लक्षित खसी बोका कारोबार गरेको छ । नेपालका कुल २२६ सामाजिक उद्यमी सहकारी   मध्य    १ सय ५४ बाट १  अर्ब २५ करोड कारोबार  गरेको हेफर प्रोजेक्ट नेपालका कार्यक्रम प्रवन्धक अनन्त सिलवाले जानकारी दिए ।

सिलवालका अनुसार बाँके मा १हजार ६ सय, बर्दिया मा १ हजार ,दांग २ हजार , प्यूठानमा १ हजार २ सय, अर्घाखाँची १ हजार ५ सय . रुपन्देही १ हजार २ सय ,कपिलवस्तु ३ सय, पाल्पा ३ हजार ५ सय र गुल्मी मा २ हजार ५ सय खसी बोकाको कारोबार भएको छ उनले भने ।

यसै गरी सिलवालका अनुसार तिहार सम्ममा आन्तरीक तथा बाह्य  गरी  करिब ६० हजार खसी बोकाको कारोबार सामाजिक उद्यमी सहकारीहरु बाट गर्ने लक्ष्य लिएको जानकारी गराए । हाल कोभिड १९ का कारण यो  लक्ष्य न्यून रहेको समेत उनले भने ।

हेफर इन्टरनेश्नल नेपाल अनऔपचारिक रुपमा १९५७र १९५८ मा तात्कालि सरकारको अनुरोध लाई स्विकार गरेर सहयोगको सुरुवात गरेको थियो भने नेपालमा १९९७ देखि विधिवत रुपमा चितवनको गितनगरबाट प्रारम्भ भएको थियो । हेफर इन्टरनेश्नल नेपालले समूदायमा छहरिएर रहेका र पछाडी परेका साना किसानहरुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कुरालाई मूख्य जोड दिने गरेको छ ।

यसै गरी  बाँके जिल्लामा  ४ करोड बराबारको खसी बोका खरिद गरिएको जिल्ला सहकारी संघ बाँकेका व्यवस्थापक नविन साहुले जानकारी गराए । उनका अनुसार २५ देखि २९.५ के.जी सम्म ५०० रुपैया र ३० भन्दा माथि ५२० रुपैया प्रति के.जी खसी तथा बोका खरिद गरी काडमाडौ ,पोखरा धरान जस्ता सहरहरुमा विक्रि गर्ने गरिएको   न्यूज मानसरोबरलाई जानकारी गराए  ।

बाँके जिल्लामा हेफर  इन्टरनेश्नल  नेपालको आर्थिक तथा प्राविधि सहयोगमा बाख्रा उत्पादन क्षेत्रमा क्रियाशिल १५ वटा सामाजिक उद्यमी सहकारी रहेका  छन् ।  मासु उत्पादनका क्षेत्रमा हेफर प्रोजेट नेपाल र स्थानीय सरकार विचको सहयोगमा बाँकेको बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकामा साना किसान उद्यमी सुदृढिकरण परियोजना संचालनमा रहेको छ ।

बाँके जिल्लामा  सबै भन्दा भन्दा बढी विक्रि गर्ने सहकारी परिवर्तन सामाजिक उद्यमी सहकारी राप्ती सोनारी वडा न.७  ले २ सय   भन्दा बढी खसी विक्र गरेको  छ ।यसै गरी क्रमश    रोशनी सामाजिक उद्यमी सहकारी राप्ती सोनारी वडा न ७, नयाँ सृजनशिल सामाजिक उद्यमी सहकारी वडा न ६,  जननी सामाजिक उद्यमी सहकारी राप्ती सोनारी २ ले   १ सय ५० का दरले खसी बोका विक्री गरेका छन्  ।

 

 

 

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech