१३ बैशाख २०८१, बिहीबार

बाँकेमा ५१ जना कोरोनामुक्त
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा बिहीवार ५१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ३६ पुरुष र १५ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ७८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा विरामी निको हुने दर ८० दशमलव १८ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका ५ सय ३४ र अन्य जिल्लाका १७ गरी ५ सय ५१ जना छन् । बाँकेमा हालसम्म २ हजार ८ सय ४१ जनामा कोरोना पुष्टि भएको छ भने २९ जनाको मृत्युु भइसकेको छ ।

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech