७ बैशाख २०८१, शुक्रबार

कलाकारहरुको दसैं विशेष
  • न्युज मानसराेवर

बाँके बैजनाथ \ कोरोनाको त्रासबीच पनि सर्वसाधरणले घरमै दसैं मनाएका छन् । अधिकांश कलाकारले सरकारले भनेझैं आफू जहाँ छन् त्यहीँ दसैं मनाए । यसपालि धेरैको दसैं परिवारभित्रै सीमित भएको देखिन्छ । कलाकार एवं निर्माता दीपकराज गिरीले यसपालि परिवारका पाँच सदस्यसँग दसैं मनाएका छन् । फेसबुकमा उनले लेखेका छन्,’आशीर्वाद २०७७ ! ४० जनाको परिवार यो पल्ट परिस्थितिले ५ जनाको बनायो । संख्या कम भयो होला आशीर्वाद कम भएन ।’

छोरा अनमोल केसीलाई टिका लगाइदिएको तस्बिर राख्दै भुवन केसीले लेखेका छन्,’मेरो सम्पूर्ण परिवारलाई विजया दशमीको शुभकामना । सुरक्षित दसैं मनाऔं ।’ तस्बिरमा छोरा अनमोल र भुवनले मास्क लगाएका छन् ।

दसैंमा सधै स्टेज कार्यक्रममा व्यस्त रहने गायक प्रमोद खरेलले पनि ६ वर्षपछि बुबाको हातबाट टिका लगाउन पाएको खुशी फेसबुकमा सेयर गरेका छन् । पिताको हातबाट टिका थाप्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्,’६ वर्षपछि पिताजीको हातबाट टिका लाउन जुर्‍यो । माताजीको माताको वार्षिकी नसकिएकोले यो वर्ष पनि जुरेन । सबैलाइ दसैंकाे शुभकामना ।’

अभिनेत्री स्वस्तिमा खड्काले इन्स्टाग्राम स्टोरीमा दसैंको टिका थापेको तस्बिर राख्दै दसैंको शुभकामना दिएकी छन् । गायक दुर्गेश थापाले पनि परिवारसँगको तस्बिर सार्वजनिक गर्दै दसैंको शुभकामना दिएका छन् । लेख्छन्, ‘२०७७ सालको दशैं घर परिवार मिलेर मनाउँदै । विजया दशमीको अबसरमा देश तथा बिदेशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई शुभकामना ।’

अभिनेत्री रेखा थापा लेख्छिन्,’टीका २०७७, सबैको मंगल होस।

 

 

 

कलाकार सुनिल थापाले पनि परिवारसँगै आफ्नो दसैं मनाएका छन् । परिवारका सदस्यलाई टिका लगाइदिएको तस्बिर उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । तस्बिरको क्याप्सनमा लेख्छन्,’आशिषित, उर्जाशिल र स्वस्थ रहनुहोस् । विजया दशमी आशियमय रहोस् ।’ कलाकार प्रशान्त ताम्राकारले पनि परिवारसँग दसैं मनाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेका छन्,’ह्याप्पी टिका ।’

अभिनेता नाजिर हुसेनले पनि टिका लगाएको तस्बिर राख्दै सबैलाई दसैंको शुभकामना दिएका छन् ।

संगीतकार अर्जुन पोख्रेलले पनि परिवारसँग दसैं मनाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्,’विजयादशमी टीकाको रमाइलो पल । हजुरहरुको पनि पक्कै रमाइलो भयो होला । शुभ दसैं ।’ कलाकार संयम पुरीले पनि आफ्नो परिवारसँगको दसैं तस्बिर सार्वजनिक गरेका छन् । तस्बिर सार्वजनिक गर्दै लेखेका छन्,’विजयादशमीको शुभकामना ।’
तस्विरःसाभार

  • १० कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech