८ बैशाख २०८१, शनिबार

बाँकेमा बिहीवार चौंतिस जना डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके बैजनाथ \बाँकेमा बिहीवार ३४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २१ पुरुष र १३ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ७ सय १२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा विरामी निको हुने दर ८९ दशमलव २१ प्रतिशत रहेको छ ।

अब आइसोलेशनमा बाँकेका २ सय ९८ र अन्य जिल्लाका ११ गरी ३ सय ९ जना छन् । बाँकेमा हालसम्म ३ हजार ४० जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्युु भइसकेको छ ।

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech