१३ बैशाख २०८१, बिहीबार

बाँके र बर्दियाका शिक्षकहरुका क्षमता विकास तालिम
  • न्युज मानसराेवर

बाँके\ प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय प्रदेश नं ६ सुर्खेत र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बर्दियाको बारबर्दिया नगरपालिका र बाँकेको खजुरा गाउपालिकाको समन्वयमा शिक्षकका लागि प्रारम्भिक सिकाइ पढाइ सन्द्रर्भ सामाग्री निर्माण तथा प्रयोग र शिक्षकहरुका लागि शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी तालिम सुरु भएको छ ।

बारबर्दिया नगरपालिकाका शिक्षकका लागि प्रारम्भिक सिकाइ पढाइ सन्द्रर्भ सामाग्री निर्माण तथा प्रयोग सम्बन्धित ४ दिने र खजुरा गाउपालिकामा शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी ३ दिने शिक्षण तालिम संचालन भएको छ ।

सो तालिमबाट नेपाली भाषामा पढाइ र लेखाइ शिक्षणका लागि कक्षा कोठामा लैगिंक मैत्री प्रर्याप्त शैक्षिक सामग्री उपलब्ध भएको अवस्था सिर्जना हुने, विद्यालयमा हुने शिक्षण तथा सिकाई प्रक्रियाले लैंगिक विभेदलाई प्रोत्साहन गर्न सक्ने विश्वास गरिएको छ ।

बारबर्दिया नगरपालिकामा आयोजित तालिमको उद्घाटन गर्दै उपप्रमुख अन्जु दहितले तालिमले वालबालिकाको सिकाइलाई प्रभावकारीता बनाउनका लागि विधालयका कक्षा कोठामा प्रसस्त सामाग्रीको ब्यबस्थापन गर्न मद्दत पुराउने बताईन ।

उनले बालबालिकाको प्रसस्त शिक्षण सिकाई सामाग्रीको प्रयोगले सिकाइमा प्रभावकारीता ल्याउन सकिने बताउदै अझ बारबर्दिया नगरपालिका भित्र नमुना विद्यालय निर्माणका लागी कार्ययोजना बनाएर लाग्नु पर्ने कुरामा जोड दिईन ।

कोरोना भाइरस कारण संसार संक्रमणको जोखिम बढीरहेको अबस्था र यसको प्रभावले विद्यालयहरु बन्द भएको अबस्थामा नगरपालिकाले बैकल्पिक शिक्षाका माध्यामबाट समेत बालबालिकाहरुको नियमित सिकाईलाइ प्रभावकारीता गराउने कार्यमा लागि परेको बताउदै बिगतदेखि स्याक नेपाल शाखा कार्यालय बर्दिया र प्लान इन्टरनेशनल नेपालसंगको समन्वयमा शिक्षाको गुणस्तर बिकासका लागि साझेदारि गदै आइरहको बताईन ।

यसैगरी बाँकेको खजुरा गाउपालिकाका शिक्षकहरुका लागि तीन दिने शिक्षामा लैगिक रुपान्तरण सम्बन्धि शिक्षण तालिम खजुरामा सुरु भएको छ । खजुरा र बर्दियामा सुरु भएको तालिममा २७ जना शिक्षकहरुको सहभागिता रहेको छ ।

तालिम बारबर्दिया नगरपालिकामा बुधवारदेखी र खजुरा गाउपालिकामा बिहवारदेखी शुरु भएको तालिम सनिवारसम्म संचालन गरिने स्याक नेपालका फिल्ड अधिकृत लक्ष्मी शर्माले जानकारी दिए ।

प्रारभिक सिकाई पढाई सन्द्रर्भ सामाग्री निर्माण तथा प्रयोग सम्बन्धी तालिम बारबर्दिया नगरपालिकामा कल्पना अधिकारी र खजुरा गाउपालिकामा संचालन भएको शिक्षकहरुका लागि शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम खगेन्द्र मल्लले सहजिकरण गरिरहेका छन् ।

तालिमका सहभागिहरुमा कोरानो भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागिहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने र समय समयमा साबुनपानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजनाका कार्यक्रम सुपरभाइजर रज्जब अली वागवानले जानकारी दिए ।

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech