१५ चैत्र २०८०, बिहीबार

नेपाल उद्योग बाणिज्य महासंघकाे केन्द्रीय सदस्य पदमा चक्र अधिकारीले अस्पताल काे बेड बाटै उम्मेदवार दर्ता
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष एंव नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य पदका उम्मेदवार चक्र अधिकारीले अस्पताल को बेडबाट सदस्य पदमा उम्मेदवार दर्ता गराएका छन । बरिष्ठ उपाध्यक्ष चण्डी राज ढकाल समुहबाट अस्पतालको बेड बाटै मनोनयन दर्ता गारएको कोहलपुर उद्योग बाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले जनाएका
छन । महासंघको अबिधेशनका क्रममा चुनाव प्रचारका लागी रोल्पाबाट पोखरातर्फ गईरहेको बा १८ च ४३४१ नम्बरको कार दुर्घटना हुँदा अधिकारी घाईते भएका थिए ।
अधिकारीको स्पाईनल कड ५ ठाँउमा भाचिएको र उनको सफल अप्रेशन गरिएको कोहलपुर उद्योग बाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिए ।
चक्र अधिकारी कोहलपुरबाट नेपाल उद्योग बाणिज्य महासघमा पहिलो पटक उम्मेदवार बनेका हुन ।

  • २३ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech