१३ बैशाख २०८१, बिहीबार

बाराक ओबामालाई राजदूत बनाउने बाइडेनको तयारी, विश्वभर तरंग !
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति बाराक ओबामालाई महत्वपूर्ण कुटनीतिक जिम्मेवारी दिने तयारी गरेका छन् । ओबामाको कार्यकालमा उपराष्ट्रपति रहेका बाइडेनले ओबामालाई बेलायतका लागि राजदूतमा नियुक्त गर्न लागेको बेलायती अखबर द एक्प्रेसले जनाएको छ ।

डेमोक्रेटिक उम्मेदवार बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् । उनले आगामी जनवरीमा ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन् ।

राष्ट्रपतीय जिम्मेवारी लिने वित्तिकै ओबामालाई बेलायतका लागि राजदूत नियुक्त गर्ने बाइडेनको योजना रहेको समाचारमा उल्लेख छ ।

कुटनीतिमा माहिर ओबामा राजदूतका रुपमा बेलायत गए बेलायती प्रधानमन्त्री बोसि जोहनसनका लागि भने मुस्किल पर्नसक्ने विश्लेषण गर्न थालिएको छ । किनभने दुई देशबीच ब्रक्जिट व्यापार सम्झौतालाई लिएर शीतयुद्ध चलिरहेको छ ।

  • २७ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech