७ बैशाख २०८१, शुक्रबार

नेपालगन्ज म्याराथन : को बन्ला ओलम्पिक खेल्ने भाग्यमानी खेलाडी ?
  • न्युज मानसराेवर

बाँके ।  छैटौं नेपालगन्ज म्याराथनको उपाधि जित्ने खेलाडीले ओलम्पिकमा खेल्न पाउनेछन् ।
आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष अध्यक्ष टीएस ठकुरीले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर आगामी शनिबार हुने छैटौं धारा नेपालगन्ज म्याराथनको विजेताले नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका रुपमा समेत लिएको बताउँदै विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीले जानकारी दिएको बताए ।

प्रतियोगितामा पुरुष म्याराथनमा यसपटक १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरण सिंह बोगटी, गत वर्षका विजेता नवराज साउद, सागकै स्वर्ण पदक विजेता गोपी पार्कीलगायतका २० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै महिलातर्फ १० भन्दा बढी खेलाडीले भाग लिदैछन् । नेपालगञ्जको वीपीचोकदेखि सुरु भएर कोहलपुर चौराहाभन्दा अगाडि बानियाभार पुगेर पुनः वीपीचोकमै पुगेर कसले ओलेम्पिकको यात्रा तय गर्नेछ ? त्यो शनिबार बिहान टुंगो लाग्नेछ । मेरो खुसी

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech