१३ बैशाख २०८१, बिहीबार

नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्रका गोपीचन्द्र पार्कीले जिते
  • न्युज मानसराेवर

बाँके नेपालगञ्ज । छैठौं नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले निकालेका छन् ।

निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेर शनिबार बिहान भएको प्रतिस्पर्धामा पार्की पहिलो भएका हुन्  । पार्की १३ औँ सागका स्वर्ण पदक विजेता समेत हुन् ।

नेपालगञ्ज म्याराथनका पूर्व विजेता नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए  ।  कृष्ण बस्नेतले निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गरेका थिए ।

यस्तै हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले विजयी भइन्  । शनिबार बिहान भएको प्रतिस्पर्धामा निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गरेर भण्डारीले  उपाधि निकालिन  ।१३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त समेत गरिन् ।

दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले  उपाधि निकालिन  । जुम्लाकी धाविका मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दुरी पुरा गर्दै १५ हजार रुपैयाँ प्राप्त   गरिन् ।

लुम्बिनी प्रदेशकि शर्मिला घर्तीले तेस्रो स्थान हासिल   गर्न सफल भइन् । शर्मिलाले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्नुभएको हो । घर्तीले १० हजार रुपैयाँ  पाउने छिन् ।

  • ६ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech