१६ चैत्र २०८०, शुक्रबार

कोरोना भाइरस विरुद्धको खोप ७० प्रतिशत सुरक्षित ।
  • न्युज मानसराेवर

काठमाडौ ।  बेलायतको अक्फोर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरस विरुद्धको खोप ७० प्रतिशत सुरक्षित प्रभावकारी देखिएको छ ।

खोपको ठूलो परीक्षणको क्रममा ७० प्रतिशत मानिसमा कोभिड–१९ को लक्षण बन्न नदिने बीबीसीमा उल्लेख छ । यसलाई ठूलो उपलब्धिको रुपमा हेरिएको छ, यद्यपि यसअघि फाइजर र मोडेर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोप ९५ प्रतिशतसम्म प्रभावकारी देखिसकिएको छ ।

तर अक्सफोर्डले विकसित गरेको खोप ती दुई कम्पनीको खोप भन्दा धेरै सस्तो हुने, भण्डारणमा सहज र विश्वभर जहाँ पनि सजिलै लान सकिने देखिएको छ । नियामक संस्थाबाट यो खोपले प्रयोग गर्न अनुमति पाएमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । बेलायत सरकारले अक्सफोर्ड कम्पनीले बनाएको खोपको १० करोड खेप ९मात्रा० लिने बताइसकेको छ ।

यति परिमाणको खोप पाँच करोड मानिसका लागि पर्याप्त हुन्छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले भनेका छन्, ‘अक्सफोर्डको खोपले परीक्षणमा सकारात्मक नतिजा देखाउनु निकै उत्साहजनक समाचार हो ।

’ समान्यतया खोप विकास गर्न एक दशक लामो प्रक्रिया लाग्छ तर अक्सफोर्डका वैज्ञानिकहरुले १० महिनामा त्यो प्रक्रिया सम्पन्न गरेका थिए । ‘यो घोषणाले हामीलाई खोपको प्रयोग गरेर कोरोना भाइरसले निम्त्याएको परिस्थिति अन्त्य गर्न अर्को पाइला अघि धकेलिदिएको छ’, खोप निर्माणकी योजनाकार प्रा. सारा गिल्बर्टले भनेकी छिन् । यो खोप परीक्षणमा २० हजार स्वयंसेवक सहभागी भएकोमा आधाभन्दा बढी बेलायतमा र बाँकी ब्राजिलमा थिए ।

  • ८ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech