११ बैशाख २०८१, मंगलवार

इन्टरनेटमा बालिका र महिलाको यौन भिडिओ बेच्ने गिरोहको नाइकेलाई ४० वर्ष जेल
  • न्युज मानसराेवर

 दक्षिण कोरियामा अनलाइन यौन दुर्व्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै एक युवकलाई एउटा अदालतले ४० वर्ष जेल सजाय सुनाएको छ।

जो जू(बिन नामक ती व्यक्तिले महिलाहरूलाई यौन गतिविधिका भिडिओ पठाउन बाध्य पार्ने र पछि सशुल्क च्याटरूममा प्रेषित गर्ने गिरोह चलाएको अभियोग प्रमाणित भएको थियो।

त्यस्ता च्याटरूम कम्तीमा १०,००० जनाले प्रयोग गरेका र त्यसका लागि प्रत्येक व्यक्तिले १,२०० अमेरिकी डलरसम्म तिरेको पत्ता लागेको छ।

उमेर नपुगेका १६ बालिकासहित ७४ महिला त्यस्तो शोषणमा परेका थिए।

यही मुद्दामा अरू पाँच जनालाई सातदेखि १५ वर्षको सजाय सुनाइएको छ। वि.वि.सी नेपाली सेवा

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech