१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्री ओलीले राजनीतिक प्रश्नको राजनीतिकरूपमा र व्यक्तिगतको व्यक्तिगतरूपमा जवाफ दिँदै
  • न्युज मानसराेवर

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी  नेकपा का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ गते उठाएका प्रश्नको जवाफ दिँदैछन्।

नेतृत्वको पुस्तान्तरणदेखि महाधिवेशनको तयारीसम्मको विषय सम्बोधन गरेर प्रधानमन्त्री ओलीले आज अपरान्ह बस्ने सचिवालय बैठकमा जवाफ दिने भएका हुन्।

“प्रचण्ड कमरेडले उठाउनु भएका राजनीतिक प्रश्नको राजनीतिकरूपमा र व्यक्तिगतरूपमा उठाउनु भएका प्रश्नको जवाफ व्यक्तिगतरूपमा नै दिनु हुनेछ,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “पार्टी एकताको भावना, अन्तरिम विधान र गत सम्पन्न स्थायी कमिटीका बैठकको निर्णयहरूमा टेकेर प्रधानमन्त्रीले सभ्य, सु(संस्कृत र व्यवस्थितरूपमा जवाफ दिनु हुनेछ।”

उनका अनुसार प्रधानमन्त्रीलाई दिने जवाफ प्रचण्डको जस्तो अप्रमाणित, आरोप मात्रै हुने छैन, पार्टी विवादको निकासको योजनासहितको हुनेछ।

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा ‘राजनीतिक दस्तावेज’ भन्दै ओलीविरुद्ध विभिन्न लाञ्छना लगाएर १९ पृष्ठ लामो ‘आरोप पत्र’ पेस गरेका थिए।

अन्तरिम विधान र पार्टीको परम्परा विपरीत प्रचण्डले एकलरूपमा प्रस्ताव पेस गरेको भए पनि सचिवालय बैठकको अनुमतिमा ओलीले सो आरोप पत्रको जवाफ आज दिँदैछन्। देखापढी

  • १३ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech