१३ बैशाख २०८१, बिहीबार

नेकपा सचिवालय बैठक जारी
  • न्युज मानसराेवर

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।

गत कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए। प्रस्तावमा उनले ओलीको कार्यशैली र विभिन्न निर्णयहरुको आलोचना गरेका थिए।

प्रचण्डको प्रस्तावले आक्रोशित भएका ओलीले मंसिर ३ गतेको बैठकमा जवाफ लेख्नका लागि १० दिनको समय मागेका थिए। जसअनुसार उनले मंसिर १३ गतेको बैठकमा ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेका थिए। जसमा उनले प्रचण्डले लगाएका कतिपय आरोपको जवाफ दिएका थिए। साथै, प्रचण्डका कार्यशैलीको आलोचना गरेका थिए।

मंगलबारको बैठकमा प्रचण्डले ओलीको प्रतिवेदनको जवाफ दिने तयारी गरेका छन्। साथै, अन्य सदस्यले पनि धारणा राख्ने बताइएको छ।

नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ का लागि बोलाइएको छ। अध्यक्षद्वयको प्रतिवेदनका सन्दर्भमा सचिवालयको बैठकले निर्णय दिन नसके क्रमशः ती कमिटीमा पुग्ने नेताहरुको भनाइ छ ।  नेपाल लाइभ

  • १६ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech