१४ बैशाख २०८१, शुक्रबार

रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

रामचन्द्र भन्छन्– पञ्चायतको मण्डलेतन्त्र फेरि फर्केर आयो

  • न्युज मानसराेवर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न नदिन नेकपाले प्रशासनको आडमा सांसद किसान श्रेष्ठका गुण्डाहरुलाई परिचालन गरेका छन् । सांसद किसान श्रेष्ठका गुण्डाहरुको सहयोगमा नेकपाले सदरमुकाम दमौलीमा प्रर्दशन गरेपछि कम्युनिष्ट पार्टीको अभियानलाई सहयोग पुग्ने गरि मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको छ ।

नेकपाले कांग्रेसका वरिष्ठ नेता पौडेललाई पुल उद्घाटन गर्न नदिने भन्दै प्रदर्शन गरेको थियो । त्यही प्रर्दशनको आडमा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सुरक्षा प्रवन्ध मिलाउनुको साटो पूर्वाधार विकास कार्यालय तनहुँलाई दबाब दिएर पुल उद्घाटन स्थगन गरिदिन अनुरोध भएको पत्र लेख्न लाएका छन् ।

प्रमुख जिल्ला अधिकारी आचार्यले विज्ञप्तीमा जारी गर्दै तनहुँ जिल्लामा नेपाली कांग्रेस समेतको सहभागितामा २०७७ मंसिर १७ गते व्यास नपा वडा नं. १ र १०, ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन गर्न लागेकोमा पूर्वाधार विकास कार्यालय तनहुँको च.न. १६७ मिति २०७७ मंसिर १८ को पत्रबाट उक्त उद्घाटन कार्यक्रम स्थगन गरिदिन अनुरोध भएको उल्लेख गरेका छन् ।

यता, कांग्रेसले भने पूर्व निर्धारित कार्यक्रम नरोकिने जनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय प्रशासनले फट्याईँ गरेको आरोप लगाएका छन् । उनले आफू पुल उद्घाटन कार्यक्रमस्थलतर्फ हिँडेको र आफूले कुनै झुटमुठको विज्ञप्ति नमान्ने बताएका छन । पौडेलले उदघाटनको कार्यक्रम स्थगित गर्ने र नगर्ने कुनै कारण र औचित्य नै नभएको बताउदै पञ्चायतको मण्डलेतन्त्र फेरि फर्केर आएको टिप्पणी गरे ।

उनले भने – ‘हिजो हामीलाई रुख रोप्न लाग्दा पनि हामीलाई पिट्ने मान्छे आज तीनै हुन । आज पुल उद्घाटन गर्दा कुन शान्ति भंग हुन्छ, कुन विकास रोकिन्छ, कुन जनतलाई पीडा हुन्छ ? कुन देशलाई नोक्सान हुन्छ ? हामी पुलको उद्घाटन गर्छौैँ । यो सबै झुटा हो, तँ रोएजस्तो गर, म कुटेजस्तो गर्छु भनेजस्तो हो ।’ विकास टाइम्स

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech