१५ बैशाख २०८१, शनिबार

तरुण दलद्वारा नेपालगञ्जमा प्रदर्शन
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधवार तनहुँमा भएको गिरफतारीको विरोधमा नेपाल तरुण दल बाँकेले नेपालगञ्जमा प्रदर्शन गरेको छ । तरुण दलले बीपी चोकमा टायर बालेर प्रदर्शन गरेको हो ।

प्रहरीले काँग्रेस कार्यकर्ताहरुलाई धरपकड गर्न खोजेपछि प्रहरीसँग विवाद भएको थियो । तरुण दल बाँकेका सचिव विनोद रिजालको अध्यक्षतामा भएको कोणसभालाई नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति रमेश गुप्ता, नेपालगञ्ज नगर सभापति प्रशान्त विष्ट, तरुण दल नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहले सरकारलाई सर्वसत्तावाद लाद्ने प्रयास नगर्न चेतावनी दिएका थिए ।

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech