१३ बैशाख २०८१, बिहीबार

बैजनाथले मनायो १७ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

बैजनाथ गाउँपालिकाले कुल ९२जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका उपहार स्वरुप भित्ते घडी उपहार प्रदान ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोभिड १९ को रोगथाम र समृद्धिका लागि संयुत कार्य महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका भूमिका अपरिहार्य भन्ने मुल नाराका साथ १७ औ राष्ट्रिय  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस  बैजनाथ गाउँपालिकामा मनाइएको छ ।

बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समय अनुरुप रुपानन्तरण हुन आवश्यक रहेको बताउदै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका न्यूनतम आवश्यताहरु पुरा गर्ने जानकारी गराए ।

कोभिड १९ का बेला महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले खेलेका भूमिकाको उच्च सम्मान गर्दै संघिय सरकारले तोकिएको भत्ता उपलब्ध नगराए स्थानीय सरकारले उक्त कोभिड भक्ता उपलब्ध गराउने  अध्यक्ष रुचालले प्रतिवद्धता व्यक्त गरे ।  उनले  आज हर्षित हुने र सुभकामना आदान प्रदान व्यत्त गर्ने  दिन  हो ,हर्षित हुने हो, बैजनाथको विकासमा यहाँहरुको भूमिका उल्लेखनिय छ , यहाँहरुलाई धन्यवाद छ समाजलाई निरोगी बनाउन यहाँहरुका आगामी कदम सफल बनुन् , रुचालको अभिलाशा रहेको थियो ।

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति २०७६ अनुसार स्थानीय तहमा शनिबार महिला  स्वास्थ्य स्वयंसेविकाहरुलाई उपहार प्रदान गरिएको छ ।  बैजनाथ गाउँपालिकाले कुल ९२  जना   सामुदायिक स्वास्थ्य स्वयंसेविका छन् । स्वास्थ्य स्वयंसेविका लाई  उपहार स्वरुप भित्ते घडी उपहार प्रदान गरिएको थियो । वडा अध्यक्ष ,सामाजिक विकास शाखा ,स्वास्थ्य शाखा, लगाएतका प्रमुखहरुले उपहार प्रदान गरेका थिए ।

कार्यक्रममा स्वागत गर्दै बैजनाथ स्वाथ्य शाखा प्रमुख लक्ष्मण कुमार  शाहीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नीति तथा कार्यक्रमहरु बारे स्पष्ट

पारे ।


बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले महिला स्वास्थ्य स्वयंसेविकाहरुले २०४५ साल देखी स्वास्थ्य सेवा दिइरहेकोमा धन्यवाद व्यक्त गरे ।

उनले स्वास्थ्य क्षेत्रको विकासमा स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाक प्रेम पूर्णा योगीले स्थानीय सरकार तथा नेपाल सरकारले स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक न्यूनतम भत्ता , झौला, ६० बर्षे अविधि पश्चात थप रकमको व्यवस्था लगाएत आफुहरुका माग रहेको जानकारी गराईन् ।  बैजनाथ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जालका अध्यक्ष मन्दिरा रिमालको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech