८ बैशाख २०८१, शनिबार

खोर निमार्णमा तिब्रता
  • न्युज मानसराेवर

बाँके  बैजनाथ ।  बैजनाथ गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल उत्पीडित सामुदायिक विकास केन्द्र को साझेदारीमा संचालित साना किसान उद्यमी सुढिडीकरण परियोजना अन्तगत बाखा्रको खोर निमार्णलाई तिब्रता दिइएको छ ।

बैजनाथ गाउँपालिका वडा न १ देखी वडा न५ सम्म संचालित परियोजनामा २ हजार परिवार आवद्ध रहेका छन् । परियोजनाले क्षमता अभिबृद्धि , पशुको उचित स्यार बाख्रा उपहार तरकारी कोष आर्यआजन मा काम गर्दै आइरहेको छ परियोजना संयोजक रामकृष्ण छिनालले जानकारी गराए ।

आर्थिक वर्ष २०७७ ।७८ का लागि १ सय ३ वटा खोर निमार्ण र ३ सय बाख्रा र १५ वटा विउँ बोका उपहार दिने लक्ष्य रहेको उनले जानकारी गराए ।
परियोजना मा हाल ८१ वटा समुह निमार्ण गरिएको छ ।  उत्पादन र उत्पादकत्व बृद्धि  र सामाजिक पुजीँको निमार्ण  गर्ने उदेश्यले बैजनाथ गाउँपालिकाको यो ठुलो परियोजना रहेको छ ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech