१२ श्रावण २०८१, शनिबार

दाङमा र डोटी जीप दुर्घटना, चार जनाको मृत्यु, सात घाइते
  • न्युज मानसराेवर

बाँके बैजनाथ । दाङमा पिकनिक गएर फर्केका व्यक्ति चढेको जीप दुर्घटना भएको छ । घोराही उपमहानगरपालिका १७ असारेमा लुम्बिनी प्रदेश ३–०१–०२२ च ६३६९ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट खेतमा पल्टिँदा घोराही उपमहानगरपालिका १७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको हो।

दुर्घटनामा परि सोही ठाउँका ३५ वर्षीय उमाकान्त घिमिरे र घोराही १५ का ३६ वर्षीय समिर पन्त घाइते भएका छन्।

घाइते दुवैलाई उपचारका लागि कोहलपुर लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए। घोराही–४ सिस्नेखोलाको एक्ले पिपलमा पिकनिकबाट घोराहीतर्फ आउने क्रममा जीप दुर्घटनामा परेको हो।

यस्तै,   डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भीरमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको महेन्द्रा जीप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, उनकी ५५ वर्षीया सासू र केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन्। यसैगरी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का ३० वर्षीय चालक कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको उद्धारका लागि राति नै  गएको प्रहरी निरीक्षक रविन्द्र चन्द नेतृत्वको टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिप सडकबाट करिब २०० मिटर तल खसेको छ। अहिले घटनास्थलबाट घाइतेको उद्धार तथा मृतकको शव संकलन भइरहेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक चन्दले जानकारी दिए।

 

  • २१ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech