१३ बैशाख २०८१, बिहीबार

नेकपा स्थायी कमिटी बैठक : ओली नआए पनि उनीनिकट नेताहरु सहभागी हुने
  • न्युज मानसराेवर

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज तय गरिएको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी ओलीनिकटका नेताहरु सहभागी हुने भएका छन्। बैठकमा ओलीको उपस्थिति अनिश्चित भए पनि उनीनिकटका नेताहरुले भने सहभागी हुने बताएका हुन्।

‘बैठकमा जाने सूचना आइसकेको छ, जानु पर्ला,’ ओलीनिकट एक नेताले भने।

पार्टी कार्यालय श्रीराम ढकालले पनि बैठक १ बजे धुम्बाराहीमा बस्न सबै तयारी गरिसकिएको र सबैलाई खबर गरिसकिएको बताए।

तर अघिल्लो सचिवालय बैठक धुम्बाराहीमा गर्न नमिल्ने भनिएकोमा स्थायी कमिटी बैठक त्यही बस्न लागिएकोमा भने ओलीनिकट ती नेताले आश्चर्य व्यक्त गरेका छन्। ‘ओली कामरेड उपस्थिति हुने नहुने इस्यू नै हैन, तर अस्ति कोरोनाका कारण धुम्बाराहीमा बैठक गर्न नमिल्ने भन्ने, आज के कारणले त्यहाँ बैठक गर्न थालियो, बुझ्न सकेको छैन,’ उनले भने।

गत मंसिर ३ गतेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति मंसिर १८ गतेलाई तोकेको थियो। तर, सचिवालयमा अध्यक्षद्वयको प्रस्तावले निम्तिएको असहज परिस्थितिले गर्दा मंसिर २१ गतेलाई बैठक सारिएको थियो। मंसिर १७ गतेको सचिवालय बैठकले १८ गतेको बैठकलाई २१ गतेसम्म सारेको हो।

बैठकप्रति अध्यक्ष ओली सकारात्मक छैनन्। उनले यसअघि नै बैठकको आवश्यकता नभएको दाबी गर्दै आएका छन्। शनिबारको सचिवालयले निश्चित गरेको आइतबारको स्थायी कमिटी बैठकप्रति पनि उनले रुची देखाएका छैनन्। बैठकमा उनी आउने वा नआउने बारे पनि निश्चित छैन। नेपाल लाइभ

  • २१ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech